मेरिगोल्ड स्कुल : अभिभावक र विद्यार्थीको केन्द्रबिन्दु

Balbatika Nepal     9 Jan 2018

सूर्यको किरणले संसारलाई प्रकाश छरेजस्तै, शिक्षाको ज्योतिले बालबालिकाहरुको जीवनमा प्रकाश छर्ने हेतुले वि.सं.२०५५ साल चैत्र १ गते मेरिगोल्ड स्कुलको सुभारम्भ भएको हो । आधिकारिक हिसाबमा भने २०५६ सालबाट यस विद्यालयले कक्षा संचालनमा ल्याएको हो । बालकोट गा.वि.स वडा नं २ वा अवस्थित मेरिगोल्ड स्कुल करिब ८ रोपनीकोे जग्गामा फैलिएको छ । कौशलटारबाट ३०० सय किलोमिटर उत्तर दिशामा स्थापित यस विद्यालयले भूकम्प प्रतिरोधात्मक भवनको निर्माण गरेको छ । पहेँलो रङ्गबाट आकर्षक रुपमा सजाइएको मेरिगोल्ड स्कुल यु आकारको स्वरुपमा देख्न सकिन्छ । लक्ष्मी देवीलाई धनको स्वरुप र सरस्वती देवीलाई ज्ञानको स्वरुप मानिएको कुरालाई आधार मान्दै यस स्कुलको ग्राउन्डमा सरस्वती देवीको मूर्ति पनि स्थापित गरिएको छ । नैतिकवान् ,आत्मनिर्भर, उत्तरदायी, निष्ठावान, अनुशासित जनशक्तिको उत्पादन गर्नु नै यस विद्यालयको प्रमुख उद्देश्य रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहुँच पु¥याउन सफल भएको मेरिगोल्ड स्कुलमा हाल ८०० सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । ६१ जना शिक्षक÷शिक्षिका र कर्मचारीको सहयोगबाट यो स्कुलले प्रयोगात्मक, गुणस्तरीय, व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । यिनै विशेषताका प्रतिफल हरेक अभिभावक र विद्यार्थीको केन्द्रबिन्दु बनेको छ , मेरिगोल्ड स्कुल ।
विद्यार्थीहरुको सुविधालाई मध्यनजर राख्दै यस विद्यालयले ३ वटा बसको व्यवस्था गरेको छ । झौखेल, सरस्वती खेल, बिरुवा, चाँङ्गाथली, टिकाथली बालकोटको ८ र ९ वडा नंम्बरको क्षेत्र, काठमाडौँको जडीबुटीसम्म सेवा दिँदै आएको छ । छात्र, छात्रा र प्रि–प्राइमरीको बच्चाहरुलाई छुट्टाछुट्टै शौचालयको समेत बन्दोबस्ती रहेको छ । हातमुख धुनको लागि इनार र खानको लागि जारको पानीको समेत उचित व्यवस्था यस विद्यालयले प्रदान गर्दै आएको छ । प्रि–प्राइमरीको बच्चाहरुलाई घरबाटै उमालेको पानी पठाउन अभिभावकहरुलाई चेतना जगाउने काममा मेरिगोल्ड स्कुल निकै सक्रिय छ । विद्यार्थीहरुको दिवा खाजाको लागि स्कुलमै क्यान्टिनको पनि उचित प्रबन्ध मिलाइएको छ ।
विद्यार्थीले कोर्ष किताबसँग सँगै बाहिरी किताबको ज्ञान हाँसिल गर्नु पनि अत्यन्त जरुरी छ । सोही कुरालाई प्राथमिकता राख्दै यस विद्यालयमा लाइबे्रेरीको व्यवस्था गरिएको छ । जहाँ ५ हजार जति विषयसँग सम्बन्धित र अन्य बाहिरी  पुस्तकहरु राखिएको छ । विद्यार्थीको स्तर र उनीहरुको रोजाइमा पर्ने चुट्किला, निबन्ध, उपन्यास, नाटक, कविताजस्ता थुप्रै विधाका किताबहरुको बन्दोबस्त गरिएको छ, मेरिगोल्ड स्कुलमा । स्कुलको पढाइका साथै बच्चाहरुमा पठन संस्कृतिको बृद्धि विकासका लागि थुप्रै व्रिmयाकलापहरु गराउँदै आएको छ । ४० वटा कम्प्यूटर सहितको कम्प्युटर ल्याब, विज्ञानको लागि पनि ल्याबहरुको व्यवस्था रहेको छ ।
यस विद्यालयको कम्पाउण्ड फूलै फूलले निकै लोभ लाग्दो तरिकाले सजावट गरिएको छ । शान्त, सुन्दर र हराभरा परिवेशमा  मानिसको स्वास्थ्य सवल रहन सक्छ भन्ने ध्येयले स्कुलको वरीपरी धुपी जस्ता विभिन्न जातका बोटविरुवाहरु समेत रोपेको छ । विद्यार्थी लगायत स्कुलमा आवद्ध भएका शिक्षक तथा कर्मचारीको स्वास्थ्यप्रति सजग छ, मेरिगोल्ड स्कुल । बेलाबेलामा हस्पिटलबाट चिकित्सहरुको टोली ल्याएर आँखा र दाँतको समेत निरीक्षण गराउँदै आएको छ  ।
प्रयोगात्मक शिक्षाका साथै विद्यार्थीहरुलाई  व्यवहारिक शिक्षा दिनु यस विद्यालयको प्राथमिक विशेषता रहेको छ । विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि मेरिगोल्ड स्कुलले स्काउट मार्फत ,बेलाबेलामा क्याम्पहरुमा लगी खाना पकाउनेदेखि लिएर घरायसी कामहरु सिकाउने जस्ता कार्यक्रमहरु स्कुलले आयोजना गर्दै आएको छ ।
यस विद्यालयको शैक्षिक उपलब्धी पनि उत्कृष्ट रहेको छ । ८ वर्षदेखि एस.एल.सी परीक्षामा लगातार शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै  आएको छ । विगत् ३ वर्षयता शिक्षा मन्त्रालयले गरेको तुलनात्मक विश्लेषणमा भक्तपुर जिल्लामा प्रथम र देशभरमा आठौँ स्थानमा नाम लेखाउन सफल भएको स्कुल हो मेरिगोल्ड । प्रत्येक वर्ष गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको प्रबन्ध पनि निर्धारण गरेको छ ।
हरेक वर्ष सामाजिक संस्था रेडक्रmस सोसाइटीद्वारा उत्कृष्ट दर्जाको पुरस्कारको समेत भागेदार भएको यस स्कुलले १ वर्षको जुरेसको समेत सम्मान प्राप्त गरेको छ ।
अन्य क्षेत्रमा जस्तै खेलकुदको क्षेत्रमा पनि मेरिगोल्ड स्कुलको स्थान अगाडि नै छ । ह्यान्डबल खेलमा २०७१ सालमा राष्ट्रबाट नै छनोट भएर युरोपमा समेत पुग्न सफल भएको यस विद्यालय बच्चाहरुको सम्रग विकासको निमित्त विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।
सन् २०११ देखि नेपालीको रेडियो ८८.८ मेघाहर्जमा ‘द गोल्ड अफ मेरिगोल्ड’ नामक शैक्षिक कार्यक्रम पनि संचालन गर्दै आएको छ । जसलाई विद्यार्थी आफैले संचालन गर्ने गरेको छ । जसको परिणाम उनीहरुको बोल्ने क्षमताको विकासमा टेवा पु¥याउन मद्दत गर्छ ।
यस विद्यालयको निकै सशक्त विषय भनेको ‘यस् क्यू सि’ हो । अन्तर्राष्ट्रिय स्तरमा हुने स्टुडेन्ट क्वालिटी सर्कलको विधामा पनि यस विद्यालयको  सहभागिता निकै सक्रिय  रहेको छ । इन्डियाको लखनउमा भएको अन्तर्राष्ट्रिय स्तरमा हने स्टुडेन्ट क्वालिटी सर्कलको  प्रतिस्पर्धामा सहभागी भई सन् २००८, २०१०,२०१२ र २०१४मा दुई पटक दोस्रो र तेस्रो पदकको मेडल समेत हाँसिल गरिसकेको छ ।
आजको संसार विश्वव्यापी भइसकेको छ । बच्चाहरुलाई संसारमा हुने  पढाइको प्रविधि तथा प्रणालीको विषयमा जानकारी दिलाउनको लागि मेरिगोल्ड स्कुलले विभिन्न कार्यक्रम संचालन गराउँदै आएको छ ।
संगीत, चित्रकला, नृत्य, उद्घोषण, खेलकुदहन्तर्गत फुटबल, ह्यान्डबल, स्काउटजस्ता विभिन्न विधाहरुमा विद्यार्थीहरुको रुचिलाई केन्द्रित गर्दै क्लबहरुको पनि व्यवस्था मिलाइएको छ । त्यस्तै कमजोर विद्यार्थीहरुको लागि अभिभावकहरुको माग अनुसार बिहान ७ देखि बेलुकी ६ बजेसम्म डे स्कलरको पनि सुविधा रहेको छ ।
पूर्णत् अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको र सुविधायुक्त, शान्त वातारणको राम्रो व्यवस्थापन भएको विद्यालय हो ,मेरिगोल्ड स्कुल । नियमित अध्यापन र अनुशासित मर्यादित र चरित्रवान् विद्यार्थीको उत्पादनमा कुनै शंका नभएको यस विद्यालयमा दक्ष , अनुभवी र तालिम प्राप्त शिक्षक शिक्षिकाहरुको समुह रहेको छ । विद्यार्थीहरुको पढाइ सिकाइ र सम्रग रुपमा विकास गराउने प्रतिबद्धताका साथ अगाडि बढिरहेको छ, मेरिगोल्ड स्कुल । मेरिगोल्ड नाम जतिको सुन्दा राम्रो छ त्यतिनै यो विद्यालयले गर्ने हरेक क्रियाकलाप पनि निकै राम्रो र उत्कृष्ट रहेको छ ।

copied: Nuwagi.com