अविस्मरणीय घटना

Balbatika Nepal     5 Jan 2018

अविस्मरणीय शब्दले विगतमा भएका कुनै राम्रा वा नराम्रा काम वा कुराको स्मरण भन्ने अर्थ दिन्छ । विगतलाइृ आधार मानेर नै मानिसले वर्तमानमा भविश्यको सुन्दर कल्पना गरेर अगाडि बढि रहेको हुन्छ । विगतमा भएका तिता, मिठा अनुभवहरु समय समयमा हाम्रो मस्तिष्कमा आएर हामीलाई खुसी वा दुःखी बनाउने गर्दछन् । त्यस्तै मेरो जीवनमा पनि एउटा दुःखद घटना घटेको छ र त्यो यस्तो छ ।

वैशाख १२ गतेको भुकम्पले हाम्रो पुरै नेपालमा तहस नहस मचाएको थियो । धेरै मानिसहरुले आफ्नो परिार गुमाए । मैले पनि मलाई असाध्यै माया गर्नुहुने सानो ममी गुमाए । दिउँसो ११ः५६ मा आएको भुकम्पले मेरो घर अगाडिको पाँच तलाको घर गर्लाम्मै ढल्यो । त्यो घर लडेको देख्दा मेरो सानो ममीको याद आईहाल्यो किनभने सानो ममीको घर पुरानो थियो । त्यसैले मेरो मनमा चिसो पस्यो, कस्तो डर लाग्यो । मेरो मामा पनि भर्खर मिटिङबाट फर्किनुभएको थियो । भुकम्प आउने वित्तिकै मामा सानोममीको घरतीर जानुभयो । भुकम्पको दुईघण्टापछि सानो मम्मीलाई निकाल्नुभएछ र अस्पताल तीर लानु भएछ । मलाई यो कुराको बारेमा थाहै थिएन । दिउँसो सबैले सानो ममीलाई के भयो ? भनेर सोद्धै हुनुहुन्थ्यो तर मलाई त त्यसको बारेमाम थाहै थिएन । बेलुकी मेरो साइला मामा आउनुभयो र सानो ममीको घर जाने बाटो देखाउ भन्नुभयो । म पनि साइला मामाको बाइकमा गए । जब मैले त्यहाँको दृश्य देखे मलाई आफ्नो पैतालामा धर्ति नभएको जस्तो लाग्यो ।

मेरो सानो ममी भगवानको प्यारो हुनुभईसकेको रहेछ । म त्योृ दिन धेरै रोए । बेलुीकी पनि सानो ममीको यादले निदाउर्नै सकिन । सधै मेरा दिनहरु रोएर वित्न थाले । उहाँको तीन वर्षकी छोरीको अनुहार हेरेर काखमा राखी धेरै बेर रोए । उनको भविश्यको कल्पना गरे । सधै रोएर कसरी बस्नु भनेर मैले आप्नो मनलाई सकि नसकि बशमा राखी आफ्नो कार्यलाई अगाडी बढाउन थाले तर मलाई यो दुःखद घटनाको याद भने बेलाबेलामा आएर अनायसै मेरो आखाँबाट आँशु झर्ने गर्दछन् ।