वातावरण संरक्षण

Balbatika Nepal     5 Jan 2018

वातावरण भनेको पृथ्वीको चारैतिर फैलिएको हावा हो । वातावरणले सम्पूर्ण प्राणीका जन्मदेखिका मृत्यु सम्मका सबै कुराहरुमा राम्रो र नराम्रो रुपले प्रभाव पार्छ । सबै प्राणीको जीवन वातावरणमाको भरमा टिकेको हुन्छ । हामीलाई वातावरणले सबै थोक दिएको छ जुन हामीलाई दैनिक चाहिन्छ । प्रकृतिले स्वच्छ वातावरण तयार पारेर हाम्रो जीवन सरल र आराम दायी बनाइदिएको छ ।

यो संसारका सबै प्राणीहरुमध्ये विवेकशील प्राणी मानिस हो । यस कारण वातावरणलाई जोगाउने दायित्व पनि मानिसकै हातमा छ । हामी सबै मानिसको जीवन वातावरणकै भरमा टिकेकाले वातावरणको संरक्षण गर्नु धेरे नै आवश्यक छ । तर आजको युगमा विवेकशील प्राणी नै पशु झैँ वातावरण्लाई प्रदूषित बनाई आफ्नो जीवन आफैँ खराब बनाइ रहेका छन् । अहिले वातावरण प्रदूषित हुने क्रम पनि निकै बढेको छ । पहिले हाम्रा पूर्खाहरुले जुन वातावरणलाई स्वर्ग जस्तो बनाएका थिए । आज त्यही वातावरणलाई मानिसहरुले नर्क जस्तो बनाएका छन् । पहिले जहाँ हेरेपनि हरियाली हुन्थ्यो । आज जता दृष्टि गएपनि फोहोर मात्रै हुन्छ । यो सबै मानिसहरुको कारणले भएको हो । हामीहरु आफ्नो सुविधाकालागि प्राकृतिक श्रोतहरुको उपयोग गर्छाै । हामीले ती श्रोत प्रयोग गर्दा विवेक पुरयउनु पर्छ तर मानिसहरुको अविवेकी कामहरुले गर्दा आज प्राकृतिक श्रोतहरुमा विकृति आइरहेको छ । मानिसहरुले आफ्नो फाईदाकालागि जंगल विनास गरिरहेका छन् । जस कारण धेरै प्राणीहरुको वासस्थान मासिएको छ र ती प्राणीहरु दिनदिनै लोप हुने स्थीतीमा पुगेका छन् । मानिसहरुले दिनदिनै प्राकृतिक सुन्दरतालाई विगार्दै गईरहेका छन् । मानिसहरुले गर्दा मानिसनै हावाको माध्यमबाट धेरै राग लागेर आफ्नो जीवन नर्क झै विताईरहेका छन । पानिका श्रोतहरु पनि दुषित भएका छन् र हामीहरु त्यही पानी पिउँछौ र अन्य रोगहरुको पीडा खप्नु पर्छ । यी सबै हामी जस्तो बुद्दिमानी मान्छेहरुले गर्दा भएको हो । हामीहरु संग सोच्नकालागि मस्तिष्क र काम गर्नकालागि हात छ । हामी मस्तिष्कले एउटा सुन्दर वातावरणको कल्पना गरेर त्यस्तै वातावरणको निर्माण गर्न सक्छौ तर हाम्रो मस्तिष्कले राम्रो होइन नराम्रो थोकको कल्पना गर्छाै र हाम्रो हातहरु पनि त्यही नराम्रो काम तर्फ लाग्छ ।

हामीले वातावरणको नियमहरु पालना नगरेर आफ्नो खुट्टामा आफै बन्चरो हानेका छौ । हामीले वातावरणको विकास, उन्नती, रचना, श्रृजनाका रुपहरु कल्पना गर्न सक्छौ । हामीले हाम्रो वातावरणमा हरियाली ल्याउन रुखहरु रोप्न सक्छौ, सरसफाई गर्न सक्छौ र मुख्यतः हामीले फोहोरहरु एउटा खाल्टो खनेर पुर्न सक्छौ । वातावरण दुषित हुनुको कारण सरकार पनि हो किनकी सरकारले वातावरण संरक्षण प्रति त्यती ध्यान दिदैन । यदी सरकारले वातावरणसंग सम्बन्धीत खबर मानिसहरुबीच फैल्याइदियो भने मानिसहरु वातावरणको महत्व बुझ्छन र वातावरणको संरक्षण गर्नुपर्छ भन्ने कुरापनि बुझ्छन । सरकारले वातावरण संरक्षणतिर चासो देखायोभने पनि हामीहरु एउटा सुन्दर र हरियाली वातावरणको निर्माण गर्न सक्छौ । हामीले पनि मानिसहरुबीच जनचेतना फैलाएर र एक अर्काको सहयोग लिएर हामीहरुलेपनि एउटा सफा वातावरणको निर्माण गर्न सक्छौ । हामीलेनै यो वातावरणलाई दुषित बनायौ र वातावरणलाई जोगाउने कर्तब्य पनि हाम्रै हातमा छ ।

स्वस्थ्य नै जीवन हो भन्ने कुरा विर्सनु हुदैन किनकी वतावरण स्वच्छ छ भने मानिसको जीवन पनि स्वस्थ हुन्छ । त्यसैले वातावरणको संरक्षण गरौ र आफ्नो जीवन बचाऔँ र हामीले वातावरण संरक्षण गर्न केहि कुराहरुमा कन्जुस्याई गर्नु हुदैन किनकी वातावरण नै हाम्रो जीवनको महत्वपूण धन हो ।