रमेश र इन्द्र भगवान्

Balbatika Nepal     5 Jan 2018

एकादेशमा एउछा अपाङ्ग रमेश थियो । उसलाई सधैँ सबैले अपाङग भनेर हेप्थे । ऊ सधैँ खाजा खाने समयमा एउटा खोलाको किनारमा कागजको डुङ्गा बनाउँदै बस्थ्यो ।
एक दिनको कुरा हो, रमेश खाना खाने समयमा त्यही खोलाको किनारमा कागजको डुङ्गा बनाउँदै थियो । त्यस बेलामा इन्द्र भगवान्ले सोच्नुभयो , यो के हो ? जो सधै कागजको डुङ्गा बनाउँदै पठाउँछ, हैन जानुप¥यो र हेर्नु प¥यो ।
त्यसपछि इन्द्र भगवान् एउटा बुढोको रूपमा रमेश नजिक आउनुभयो । बुढो मान्छेले सोध्नुभयो, किन तिमी सधैँ यहाँ कागजको डुङ्गा बनाउँदै पठाउँछौ ।
रमेशले भन्यो, सबै साथीहरूले मलाई अपाङ्ग भनेर हेप्छन् र उनीहरूसँग खेल्न जाँदा पहिला खुट्टा ठिक पारेर आइज भन्छन् । त्यसैले उनीहरूसँग बस्न नसकेर म सधैँ यहाँ डुङ्गा बनाउँदै पठाउँछु ।
रमेशले त्यो बुढो मान्छे बिनालठ्ठी हिँडेको देख्यो र भन्यो लिनुहोस् यो लठ्ठी ।
इन्द्र भगवान्ले सोध्नुभयो किन ? यो लठ्ठी त तिम्रो हो, यो तिमीलाई चाहिँदैन ?
रमेशले जवाफ दियो, मलाई भन्दा यो लठ्ठी तपाईँलाई जरुरी छ । म त जसरी भए पनि जाउँला नि ।
रमेशको यो कुरा सुन्ने बित्तिकै इन्द्र भगवान्ले रमेशको खुट्टा ठिक पारिदिनुभयो । त्यसपछि ऊ साथीहरूसँगै हाँसीखुसी खेल्न थाल्यो ।