मेरा बाबा

Balbatika Nepal     4 Jan 2018

बुबा, हजुरको वर्णन गरूँ म कुन शब्दले
कहाँबाट सुरु गरूँ लेखूँ कुन अक्षरले
बुबा हजुर साहारा हो यो मेरो जिन्दगीको
समाजमा इज्जत हुन्छ साथ हुँदा हजुरको

दुःख गरी हुर्कायौ शिक्षा दिक्षा दियौ
भविष्यको आशा गरी ठुलो मान्छे बनायौ
माया भएनि मुटुमा, गाली पनि ग¥यौ
माया र भरोसा हजुरबाटै पायौँ

मलाई लाग्छ बुबा यस्तो चिज हो
आँखामा माया लुकाएर गाली गर्ने व्यक्ति हो
म भन्छु पिता सुृष्टिको हो संसार
बुबा नभए मेरो जिन्दगी हुन्छ अन्धकार

बुबा बिनाको संसार म सोच्न सक्दिनँ
बुबालाई हेला गरेर म बाँच्न सक्दिनँ
बुबा हजुरको साथ जुनी जुनी पाइरहूँ
हजुरको मुहारमा हाँसो देख्न पाइरहूँ ।