ग्लोबल पाठशाला : एक परिचय

Balbatika Nepal     4 Jan 2018

ग्लोबल पाठशाला एउटा प्रगतिशील स्कुल तथा मन्टेश्वरीमा आधारित नर्सरीदखि माध्यमिक तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्नै विद्यालय हो । प्रिप्राइमरी ब्लक गठाघर चोकबाट केहिबेर हिडेपछि पुगिन्छ र सेकेन्डरी ब्लक सागबारीमा छ । विद्यालय भवन बलियो र सुरक्षित ट । यस विद्यालयले विद्यार्थीमा परिर्वतन पूर्वी ज्ञान र पश्चिमी सिदन्तमा आधारि रहेर ज्ञान प्रदान गरेको छ । विद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेकाृ छ । विद्यालयले उदेश्य के लिनु, उडी छुनु चन्द्र एक महाकवि लक्ष्मीप्रसाद देवकोटाको यस भनाईलाई हरेक विद्यार्थीमा सकारात्मक रुपले पुर्याएको छ ।
विद्यालयले विद्यार्थीको पढाइमा मात्र होइन, विद्यार्थीलाई मानसिक, समाजित र शारीरीक रुपमा पनि अघि बढाई राखेको छ । विद्यालयले विद्यार्थीलाई उनीहरुको ईच्छा अनुसार विभिन्न कुराहरुमा अघि सार्न हौसला दिई राखेको छ । विद्यालयमा कक्षा नर्सरी देखि कक्षा ९ सम्म पढाई हुन्छ । विद्यालयले विद्यार्थीको विभिन्न विकासमा ध्यान दिएको छ । यस विद्यालयमा विद्यार्थीलाई विताबी ज्ञानमात्र नदिएर उनीहरुको इच्छा अनुसार विभिन्न क्रियाकलापमा समेत संलग्न गराईन्छ ।
विद्यालयमा संगीत, नृत्य, चित्र, फुटबल तथा बास्केटबलका कक्षाहरु सञ्चालन हुन्छन । विद्यार्थीहरुको प्रतिभा पहिचान गर्नकालागि विद्यालयले विभिन्न खेलकुदका साथै वादविवाद, निबन्ध, कविता लेखन तथा वाचन, चित्रकला, नृत्यकला, हिज्जे जस्ता प्रतियोगिता गराएर उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरेर हौशला दिन्छ ।
यस विद्यालयमा सबै विषयमालागि विभिन्न कक्षाकोठाहरु छन् । विद्यार्थीहरु विभिन्न विषयकालागि विभिन्न कक्षाकोठामा जान्छन । विद्यालयमा विज्ञान, कम्प्युटर तथा गणित प्रयोगशाला छन् । विद्यालयमा पुस्तकालय पनि छ । विद्यार्थीहरु त्यहाँ गएर विभिन्न पुस्तकहरु पढ्छन् । विद्यार्थीकालागि खेल्नकालागि टेलो खेल मैदान छ । बास्केटबल तथा फुटबल खेल्नकालागि छुट्टाछुट्टै खेल मैदानहरु छन् । विद्यालयले विद्यार्थीहरुलाई आउन जानकालागि यातायातको सुविधा र खाजाको समेत ब्यबस्था गरेको छ ।
विद्यालयले समयसमयमा तालिम र विद्यार्थीका लागि प्रत्साहन कक्षा सत्तचालन गर्छ । विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको यस विद्यालयले नाम अनुसारको काम गर्दै आएको छ । हाम्रा शिक्षक विद्यार्थी अभिभावक र विद्यालय परिवार तथा प्रधानाध्यापकको मेहेनतले विद्यालयले ईज्जत बढाउँदै उच्च स्थान प्राप्त गर्न सफल भएको छ ।