यसपालीको हिउँदे विदामा बालबालिकाकालागी विन्टर क्याम्प, मनोरञ्जन र सिकाइ एकैसाथ

Balbatika Nepal     4 Jan 2018

विद्यालयमा हुने हिउँदे विदालाई लक्षित गरि विद्यार्थीहरुकालागी बालबाटिका डटकमले मनोरञ्जन र सिकाई एकैसाथ भन्ने नारा सहित एक हप्ते विन्टर क्याम्पको आयोजना गरेको छ । विदाको समयमा आफना नानीबाबुहरुलाई के गराउने भनेर चिन्तिर अभिभावहरुकालागी यो क्याम्प निकै फलदायी हुने छ । कक्षा एक देखि ७ कक्षा सम्मका विद्यार्थीहरुलाई लक्षीत गरि आयोजना गरिएको यस क्याम्पमा विभिन्न अतिरिक्त क्रियाकलाप, ब्यक्तित्व विकास तथा मनोरञ्जनका कक्षाहरु यस क्षेत्रका विज्ञहरुबाट सञ्चालन गरिने छन । क्याम्प यहि मंसिर २५ गतेदेखि माघ २ गते सम्म सञ्चालन हुने छ । क्याम्पको अन्तिम दिन अभिभावको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरिने र त्यसमा सहभागी विद्यार्थीहरुले आफुसंग रहेका विभिन्न प्रतिभा प्रस्तुत गर्नुहुने छ ।

क्याम्पमा सहभागीताकालागी ९८५१२७३६३७ मा सम्पर्क गरि यहि पौष २४ गतेसम्म रजिस्ट्रेसन गरिसक्नु पर्ने छ ।