उपत्यकाब्यापी अन्तर विद्यालय नेपाली हस्तलेखन प्रतियोगिता शुरु हुदै

Balbatika Nepal     4 Jan 2018

काठमाण्डौ उपत्यकामा बालबाटिका डटकमको आयोजनामा अन्तर विद्यालय हस्तलेखन प्रतियोगिता यहि माघमा हुने भएको छ । विद्यार्थीहरुमा भएको लेखन कला प्रस्फुटन गर्न तथा विद्यार्थीहरुमा लेखन कलाको महत्वबारे सचेतना जगाउन प्रतियोगिताको आयोजना हुन लागेको हो । कक्षा एक देखि दश सम्मका विद्यार्थीहरुलाई विभिन्न चार समुह (कक्षाः १ र २, कक्षाः ३, ४ र ५, कक्षाः ६ र ७ तथा कक्षाः ८, ९ र १०) मा विभाजन गरि प्रतिष्पर्धा गराईने छ । कक्षा एक र दुई समुहका सहभागीहरुले अंग्रेजी तथा कक्षा ३ देखि १० सम्मका सहभागीहरुले नेपाली माध्यममा प्रतिष्पर्धा गर्नु पर्ने छ । प्रतियोगिता यहि माघको १६ गते बाट शुरु भई फागुन ७ गते सम्पन्न हुने छ । प्रतियोगिताका ४० जना विजेताहरुले नगद, प्रमाणपत्र, ट्रफी, मेडल तथा सर्टिफिकेट पाउनु हुने छ ।

प्रतियोगितामा सहभागीता जनाउन ९८५१२७३६३७ मा सम्पर्क गर्न सक्नुहुने छ ।