उपत्यकाब्यापी अंग्रेजी हस्तलेखन प्रतियोगिता राजधानिमा सम्पन्न (फोटो फिचर सहित)

Balbatika Nepal     4 Jan 2018

बालबाटिका डटकमको आयोजनामा अन्तर विद्यालय उपत्यकाब्यापी हस्तलेखन तथा सिर्जनात्मक लेखन प्रतियोगिता राजधानिमा सम्पन्न भएको छ । कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको राजधानिमा करिब तीन हजार विद्यार्थीहरुले सहभागिता जनाएका थिए । हस्तलेखन प्रतियोगितामा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले तीन समुह ( कक्षाः ३, ४ र ५, कक्षाः ६ र ७ तथा कक्षाः ८, ९ र १०) मा विभाजन गरि प्रतिष्पर्धा गराईएको थियो ।

जसमा कक्षा ३, ४ र ५ को समुहबाट क्रमशः लालीगुँरास नेशनल एकेडेमिका रञ्जीता गुरुङ्ग, ए.आई स्कुलका समिक्षा केसी, विजडम एकेडेमिका अभिप्सा कार्की र लिवर्टि एकेडेमिका कुशुम तामाङ्ग क्रमशः प्रथम, द्धितिय, तृतिय र चौथो भएका छन । त्यस्तै कक्षा ६ र ७ को समुहबाट क्रमशः न्यू हिमालयन उमाविका श्रुति तामाङ्ग, एन्जल्स हार्ट सेकेन्ड्रि स्कुलका स्मृति तामाङ्ग र हिमालय बोर्डिङ स्कुलका कल्पना न्यौपाने क्रमशः प्रथम, द्धितिय, तृतिय र चौथो भएका छन । त्यस्तै कक्षा ८, ९ र १० समुहबाट नेपाल मोडेल स्कुलका दिक्षान्त ढुङगेल, नेशनल मोडेल स्कुलका प्रियङका शाह ठकुरी, शुभकामना एकेडेमिका आश्रुति लामा र इन्नोभेटिभ स्कुलका दिपिका ओझा क्रमशः प्रथम, द्धितिय, तृतिय र चौथो भएका छन ।


विजेताहरुले क्रमशः पन्ध्र हजार , दश हजार , पाँच हजार र तीन हजार नगद, प्रमाणपत्र, मेडल र सर्टिफिकेट प्राप्त गरेको छन । बिजेताहरुलाई प्रमुख अतिथि प्राध्यापक डा. खेमबन्धु कोईरालाले पुरस्कार वितरण गरेका थिए । बालबाटिका डटकमले एडुटेक एक्याडमि सलुसन सामाखुशी, सिटिएफ नेपाल बागबजार, किडस पब्लिकेशन बागबजारको सहयोजनामा कार्यक्रम सम्पन्न गरेको हो ।